विराटनगर:- पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड पन्ध्र घण्टापछि खुलेको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै आइतबार राति आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सोमबार बिहानदेखि दुईवटा एक्साभेटर र लोडरले पहिरो हटाएपछि साढे ११ बजेदेखि सवारी साधन चल्न थालेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।शुक्रबार राति ठूलो मात्रामा खसेको पहिरोले दुई दिन सवारी साधन सञ्चालन र पैदल यात्रासमेत ठप्प भएको थियो ।
Comments