नेपाली सेनाले छाङरुमा सर्वसाधारणका लागि ट्याक खोल्ने तयारी

विराटनगर:- दार्चुलाबाट छाङरुसम्म पुग्न स्थलमार्गमा अवरोध भएका कारण नेपाली सेनाले सर्वसाधारणका लागि ट्याक खोल्ने कार्य गरिरहेको छ ।भौगोलिक रुपमा विकट घाँटीबगर–तिंकर सडकखण्डमा ट्याक खोल्ने जिम्मा पाएको सेनाले त्यसअघि सर्वसाधारणका लागि गोरेटो बाटो खोलेको हो ।

Sushmita Shah_Abadainik

छाङरुवासीले सदरमुकाम खलङ्गा आवतजावत गर्न अहिले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । मौरी भिरमा रहेकाे ठूलाे चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण नेपाली भूमिबाट सदरमुकाम पुग्न असहज थियाे ।सेनाले गाेरेटाे बनाएसँगै याे समस्या हल हुनेछ ।सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हालसम्म २ सय ५० मिटर गोरेटो बाटो सेनाले बनाइसकेकाे छ । सेनाले जम्मा ४ सय ५० मिटरको गोरेटो निर्माण गर्नेछ । त्यसपछि ८७ किमी सडक निर्माण सेनाले थाल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *