नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर:- झापा गाउँपालिका-३ फुलगाछीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

Sushmita Shah_Abadainik

सोमवार राती साँढे ९ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले ज ८ प ७७५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका-४ का २७ बर्षीय दावा दोर्जे शेर्पा र ३० बर्षीय मोहन हेमरनलाई १ ग्राम २७० मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *