बजेट खर्चको मार्गदर्शन :बजेट भुक्तानि र कार्यन्वयनमा कडाई

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको छ । मार्गदर्शन अनुसार सबै आयोजनालेचालु आर्थिक वर्षको बजेटमा समावेश भएका सबै आयोजना/कार्यक्रमको प्रारम्भिक चरणका काम सम्पन्न गरी कम्तिमा १५ कात्तिकबाट काम थाल्नु पर्ने भएको छ ।असोज मसान्तभित्र बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता समेत गरिसक्नुपर्ने भएको छ ।ठेक्का सम्झौता भएको मितिले १५ दिन भित्र काम शुरु गर्ने गरी सबै निकायले आयोजना तथा कार्यक्रमलाई कार्यादेश दिनु पर्ने भएको छ ।

Sushmita Shah_Abadainik

खासगरी दशैं र तिहारको बाहनामा पूर्वतयारीका काम अगाडी नगर्ने परिपाटीका कारण नेपालमा आयोजना तथा कार्यक्रम कार्यान्वयन ढिला हुने गरेको छ । विनियोजित बजेट र वाषिर्क स्वीकृत कार्यक्रममा नपरेका आयोजनालाई भने सरकारी निकायले अगाडि बढाउन पाउने छैन । यस्ता आयोजना र कार्यक्रमलाई कुनै पनि निकायले बजेट निकासा, रकमान्तर तथा कार्यक्रम संशोधन समेत गराउन पाइने छैन । स्रोत सुनिश्चित नभएका र बजेटमा नपरेका आयोजना कार्यान्वयनका लागि अगाडि बढाएमा भने सम्बन्धित पदाधिकारी नै जिम्मेवार हुने गरी मार्गदर्शन बनाइएको छ ।कुनै पनि आयोजना तथा कार्यक्रमको भुक्तानी भने भौतिक र गुणस्तरका आधारमा मात्र दिनु पर्ने भएको छ । दोस्रो र तेस्रो चौमासिक निकासा/भुक्तानीका लागि सो अवधिसम्म न्यूनतम ५० प्रतिशत भौतिक प्रगति भइसक्नु पर्ने गरी प्राावधान तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *