त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने, भदौ ७ देखि परीक्षा सुचारु

विराटनगर:- त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरू आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ ।

Sushmita Shah_Abadainik

सरकारले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय लिएलगतै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।यसैबीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिनुभयो । स्थगित परीक्षा दसैँ सक्ने र दसैँपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *