कन्काई खोलामा फेरि कटान सुरु

विराटनगर:- कन्काई खोलाको बाढीले झापा गाउँपालिकाका केही बस्तीमा फेरि कटान सुरु गरेको छ । झापा गाउँपालिकास्थित सशस्त्र प्रहरी बल बीओपीका इन्स्पेक्टर सचिन श्रेष्ठका अनुसार कन्काईको कटानले झापा गाउँपालिका ७ स्थित राई गाउँमा बाढी पसेको हो । बाढीले बस्तीका करिब ५० घर डुबानमा परेको छ ।

Sushmita Shah_Abadainik

इन्स्पेक्टर श्रेष्ठका अनुसार बाढीले कटान गरेर गाउँ पसेको छ । उद्धार र बाँध मर्मतका लागि घटनास्थलतिर  सशस्त्र प्रहरी लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *