अब देखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुला हुने

४ महिना लामो लकडाउन पछि अब बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । लकडाउनका बेला बैंकहरुले सेवा जारी राखे पनि सबै शाखा कार्यालयहरु खुला गरेका थिएनन् ।

खुला गरिएका शाखा कार्यालयहरु पनि दिनभर सञ्चालन हुने गरेका थिएनन् । सहरी क्षेत्रमा सबै अधिकांश शाखाहरु खुलेका भए पनि ग्रामीण भेगका शाखा कममात्रै सञ्चालनमा रहेका थिए ।
Sushmita Shah_Abadainik

लकडाउन पूर्ण रुपमा हटेसँगै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सबै शाखा खोल्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार अब नियमित झै पुरै समय सबै शाखाहरुबाट सेवा प्रदान हुने नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।संघका अनुसार कोरोना संक्रमण फैलन त्रास अझै बाँकी रहेकाले सुरक्षा सतर्कता भने अपनाइनेछ ।बैंकिङ कारोवारको समयसम्म नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन बैंकले परिपत्रमा उल्लेख गरेको छ । केन्द्रीय बैंकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउनसमेत निर्देशन दिएको छ । यस्तै राष्ट्र बैंकले विद्युतीय कारोवारलाई समेत प्रोत्साहन गर्नुपर्ने हुन्छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’हटाउन समेत भनेको छ । उक्त निर्देशनपछि विगतको जस्तै नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै सञ्चालन गर्नुपर्नेहुन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *