विराटनगर – काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्तिलाई गए राति ११ बजे प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद रहेका छन् ।
Comments