विराटनगर – प्रहरीले कपडा व्यवसायी नारायण आचार्यको हत्या आरोपमा संलग्न एक अभियुक्तलाई बाहुनडाँगी बजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई पक्राउ गरिएको हो ।हालसम्म प्रहरीले पक्राउ पर्नेको नाम र हत्याको कारण खुलाएको छैन ।
झापाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय आचार्यलाई शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेको अवश्थामा धारिलो हतियार (दाउ) प्रहार भएको थियो ।आक्रमणमा गम्भीर घाइते भएका आचार्यलाई विर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो।
घटनाको थप अनुसन्धान भइरहेको छ।
Comments