पछिल्लो समयका एसिड आक्रमणका घटनाहरु र कानुनी व्यवस्था

पछिल्लो समयलाई नियाल्ने हो भने प्राय एसिड आक्रमणका घटनाका कारकको रुपमा प्रेम प्रश्तावको अस्विकार नै हुने गरेको देखिएको छ ।

Sushmita Shah_Abadainik

त्यसमध्ये प्रहरी रेकर्डमा भएका केहि घटनाहरु यसप्रकार छन् ।

– २०७० साल वैशाख ९ गते : प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौंडाकी १९ वर्षीया युवतीमाथि भारतीय नागरिक दिलिप राजकिशोरद्वारा एसिड आक्रमण ।
– २०७१ फागुन १० गते : काठमाडौं वसन्तपुरमा जीवन विश्वकर्माद्वारा संगीता र सीमा बस्नेतमाथि एसिड प्रहार ।
– २०७३ माघ : नवलपरासीकी २७ वर्षीया तुलसा सापकोटामाथि सुनील कोइरालाद्वारा एसिड प्रहार । उपचारका क्रममा मृत्यु ।
– सिरहाकी १४ वर्षकी एक किशोरीको बलात्कारपछि एसिड खन्याएर हत्या ।
– २०७४ वैशाख ९ गते : चितवन भरतपुर महानगरपालिका–४ मा डेरा गरी बस्ने गोर्खाकी कल्पना श्रेष्ठलाई ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँद्वारा एसिड प्रहार ।
– २०७५ भदौ २६ गते : यौन प्रस्ताव अस्वीकार गर्दा छिमेकी रामबाबु पासवानद्वारा रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासमाथि एसिड प्रहार । उपचारका क्रममा मृत्यु ।
– २०७५ असोज आठ गते : नबलपरासी कावासोतीकी वसन्ती परियारलाई छिमेकी बिमल श्रीपालीद्वारा एसिड प्रहार ।
– २०७६ जेठ १ गते : कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि काभ्रे घर भएका २८ वर्षीय विष्णु भुजेलद्वारा एसिड प्रहार ।
– २०७६ भदौ २० गते : वीरगञ्जमा १५ वर्षीया किशोरी मुस्कान खातुनलाई समसाद आलम र मजिद आलमद्वारा एसिड प्रहार
– २०७६ फागुन २५ गते : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा छिमेकी हरिनारायण वरईले ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि एसिड प्रहार ।
– २०७७ साउन ८ गते : काठमाडौँको सीतापाइलामा २२ वर्षीया पवित्रा कार्कीमाथि मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदद्वारा एसिड प्रहार ।

एसिड आक्रमण गर्नेलाई कानुनमा के कस्तो सजायको व्यवस्था छ त ?

एसिड आक्रमण गर्नेलाई १८ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था कानुनमा छ । एसिड हानेर घाइते मानिसको ज्यान गएमा त्यसलाई कर्तव्य ज्यान मुद्दा लाग्ने प्रावधान मुलुकी अपराध संहिता २०७४ मा छ । आक्रमण गरेर शरीर कुरूप बनाउनेमाथि ज्यान मार्ने उद्योग र एसिड प्रहार गरी शरीर कुरूप बनाएका दुई कसुरमा मुद्दा चल्ने संहितामा उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८३ ९२० मा कसैले कसैको ज्यान मार्ने नियतले त्यस्तो अपराधमा संलग्न हुनु हुँदैन । यस्तो कसुर गर्ने र गराउनेलाई १० वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । संहिताको दफा १९३ अनुसार तेजाब वा अन्य रासायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्नेलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाखसम्म जरिवाना र शरीरको अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

के कानुनमा लेखिएका यति बँुदाहरुले एसिड आक्रमितका घाउमा मल्हम लाउन पर्याप्त छन् त ?? तपाईंको विचार कमेन्टमा राख्नुहोला ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *