विराटनगर प्रदेश प्रहरी कार्यालयका १९ प्रहरीलाई कोरोना संक्रमण

विराटनगर  –  प्रदेश १ प्रहरी कार्यालय विराटनगरका थप १९ जना प्रहरी अधिकारीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ ।गत बिहीबार कार्यालयमा कार्यरत एक सय ५० जनाको स्वाब संकलन गरिएको थियो । ती स्वाब विराटनगर र बीपी प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको प्रदेश प्रहरी प्रवक्ता एवं एसपी दीपक पोखरेलले बताए  ।यसअघि गत बुधबार एक अधिकृतसहित ५ प्रहरीलाई कोरोना देखिएको थियो ।Sushmita Shah_Abadainik

पहिलो चरणमा संकलन गरिएका स्वाबहरुको परीक्षणमा १९ जनामा पोजिटिभ देखिएको छ। स्वाबहरु भेरिफिकेसनका लागि पुनः परीक्षण गरिने एसपी पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *