विराट नर्सिङ्गका थप चार नर्समा कोरोना संक्रमण पुष्टि

विराट नर्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भाईरस संक्रमण पुष्टि  भएको छ ।नर्सिङ होमका सञ्चालक एवं चिकित्सकमा संक्रमण पुष्टि भएसंगै कन्ट्याक ट्रेसिङ्गका आधारमा ५८ कर्मचारीको  स्वाब संकलन र परीक्षण गरिएकोमा  चारजना नर्समा कोरोना पोजेटिभ देखिएको हो ।

Sushmita Shah_Abadainik

 

नर्सिङहोममा कार्यरत चारजना महिला कर्मचारीमा कोरोना पुष्टि भएसँगै विराट अस्पतालको संक्रमण जोखिम झन् बढेको छ । संक्रमित मध्ये एकजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी समेत हुन् ।
विराटनगर ५ र १० नम्बर वडा र कोशी अस्पताल बस्ने समेत गरि चारजना रहेको महानगरका फोकल पर्सन हैदर अलीले जानकारी दिएका छन् ।  । अस्पतालमा २५० संख्यामा कर्मचारी रहेका छन् ।
यस अघि संक्रमण पुष्टि भएका डा. ज्ञानेन्द्रमान सिंह कार्की काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार्थ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *