साउनको दोेस्रो सोमबार पनि पशुपतिमा भक्तजनले गरे बाहिरैबाट दर्शन

विराटनगर –  साउनको दोस्रो सोमबार पनि आज पशुपतिनाथको मन्दिरमा भक्तजनहरुले बाहिरबाटै दर्शन गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरुका लागि साउन महिना पवित्र मानिन्छ । साउने सोमबारका दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ ।साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

Sushmita Shah_Abadainik

हरेक बर्ष साउनको प्रत्येक सोमबार पशुपिनाथमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए ।
यस पटक भने कोरोना महामारीका कारण धेरै भीडभाड हुने ठाउँहरु बन्द भएकाले मन्दिरहरु पनि पूर्ण रुपमा खुलेका छैनन् । कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छैन । त्यसैले आज धेरै भक्तजनहरुले बाहिरैबाट पशुपतिनाथको दर्शन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *