नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित

आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित भएको छ । यसअघि साउन ६ गते बाढी पहिरो, पीडितको उद्धार र राहतका लागि प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।

Sushmita Shah_Abadainik

 

पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि असार १० गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *