विराटनगर – दार्चुलाको दहुँ गाउँपालिका–३, सल्लीमा गएराति गएकोपहिरोमा परि घर पुरिँदा दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टका अनुसार गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका छन् ।
बेपत्ताको खोजीमा ५ बजेदेखि नै प्रहरी परिचालित भएको विष्टले बताए ।
Comments