बिराटनगर:- प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार राति आएको रिपोर्टमा मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो ।
उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो । स्रोतका अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ ।
मन्त्री यादव हालै काठमाडौंबाट फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखियो,’ मन्त्री यादव निकट स्रोतले भन्यो ।उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अपिल गरेका छन्। उनी अहिले सरकारी निवासममै सेल्फ क्वारेन्टिनमा छन्।
Comments