लुम्बिनी विकास बैंक ले गरे गा.पा लाई राहत हस्तान्तरण

निखिल राउत ,०४ रुपनी ।

विश्वभर फेलिएकाे काेराेना भाईरस नेपालमा पनि दिन प्रतिदिन अहिले बढ्दाे क्रममा छ ।
राेग काे नियन्त्रण गर्नकाे निमित नेपाल सरकारले देश भरी नै लकडाउन गरि रहेकाे अवश्थामा लकडाउन बाट प्रभावित ब्यक्तिहरुलाई दैनिक रुपमा गुजारा चलाउन समेत कठिन भैरहेका हुन् ।

उक्त कुरालाई ध्यान मा राखी लुम्विनी विकास बैंक रुपनी शाखाले रुपनी गाउँ पालिकालाई ११८६ केजी साेना मन्सुली चामल २५ केजी काे ७१ बाेरा र ११ केजी काे १ बाेरा बैक का प्रबन्धकले बुझाउनु भएकाे हो ।

चामल ७५ हजार बराबरिकाे रहेकाे बैक का प्रबन्धक बिनाेद थापाले जानकारी दिनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *