बिराटनगर:- बिहीबार सुनको मूल्य एकैदिन ११ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतितोलामा मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ ।एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य १३ सय ४५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताए । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको पनि उनको भनाइ छ ।
Comments