संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३

विराटनगर, ११ भदौ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।
बिहीबार थप ८ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टायता थप ८ जनाले ज्यान गुमाएको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौमले जनाएका छन् ।

उनका अनुसार आज पाँच महिला र तीन पुरुषको कोरोनाबाट ज्यान गएको हो । यसरी मृत्यु हुनेमा ललितपुर, बारा, कास्की, रुपन्देही, बाँकेकी एक महिला रहेका छन् ।

यस्तै काठमाडौं, पर्सा र कपिलवस्तुका एक(एक पुरुषको मृत्यु भएको छ ।

मन्त्रालयले आज ३३४ महिला र ७७७ पुरुष गरी थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *