एकैदिन थपिए १ हजार १११ कोरोना संक्रमित

११ भदौ, विराटनगर । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस कोभिड १९ का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *