स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा युवा स्वयंसेवी पक्राउ

काठमाडौं ।
उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने उनले अनलाइनखबरलाई बताए ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।

उनीहरुले प्रहरीकै अगाडि कार्कीको खनतलासी पनि लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *