कोरोनाको कहर चलिरहेका बेला कतारले बढायो श्रमिकको न्यूनतम तलब,

 

कतार – कतारको सरकारले आइतबार सबै श्रमिकहरुलाई लागू हुने गरि आफ्नो श्रम नियम परिवर्तन गरेको घोषणा गरेको छ ।
Sushmita Shah_Abadainik

जसमा उल्लेख श्रमिकको न्यूनतम तलब २५ प्रतिशत बढाउने निर्णयसँगै कतारमा श्रमिकको न्यूनतम तलब एक हजार रियाल २७५ डलर० पुगेको छ । साथै कामदारहरुले काम परिवर्तन गर्न रोजगार दाताबाट अनुमति लिनुपर्ने प्रावधान पनि हटाइएको छ ।

कामदारहरुले आफ्नो करार अवधि सकिएपछि अर्को काम गर्न पनि पाउनेछन् । रोजगारदाताको अनुमति लिनुपर्ने नियम तत्काल हटाइनेछ ।

आफ्ना कामदारलाई तलब नदिने वा आवासको व्यवस्था नगर्ने कम्पनीले ठूलो सजायको सामना गर्नुपर्ने श्रम मन्त्रालयले बताएको छ ।

संयुक्त राष्ट्रसंघको श्रम नियोगले यो परिवर्तनको स्वागत गर्दै यसले कतारमा कामदारहरुलाई थप स्वतन्त्रता र सुरक्षा दिनुका साथै कामदारहरुलाई धेरै विकल्प पनि दिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *