भाद्र, १६ गते,ईलाम – गएरातिको भारी वर्षाका कारण पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिकाको जोरकलस–कुटिडाँडा खण्डमा पहिरो खसेको हो ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले जानकारी दिए । उनले राजमार्गमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन खाल्डो पारेकाले पहिरो गएको बताए । यो राजमार्गले सुदुर पूर्वको इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला जोड्छ ।
पहिरोका कारण रोङ–६ बन्सुवाका बलबहादुर राईको घर पहिरोले बगाएको र गाउँपालिकाका अधिकाशं वडामा सडक र विद्युत अबरुद्ध भएको छ ।
Comments