केन्द्रीय कारागारका कैदीको कोरोनाबाट मृत्यु

सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ।मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्। उनमा भदौ १० गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो । सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताएका छन ।

Sushmita Shah_Abadainik

त्यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। तीमध्ये एक जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो भने अर्का व्यक्तिको स्वाब परीक्षणको लागि पठाइएको छ।

बाँस्कोटाका अनुसार संक्रमित पुरूषमा छारे रोग, मुटु र मानसिक समास्या थियो। त्यस्तै ६० र ६५ वर्षीय पुरूष पनि मुटु र दमको रोगी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *