निषेधाज्ञाको समयमा विराटनगरमा १४६ किलो गाँजा बरामद

भाद्र,१६ विराटनगर –  विराटनगरमा निषेधाज्ञाको समयमा भारततर्फ लैजादै गरेको १४६ किलो गाजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका-१७ सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले उक्त गाँजासहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो ।

सोमबार साँझ साढे ७ बजे को २ त ६०५७ नम्बरको ट्याक्टरमा लैजाँदै गर्दा सशस्त्र प्रहरी बलको बोर्ड आउट पोस्ट (बीओपी) रानीको टोलीले ट्याक्टरको टलीमा फल्स बटम बनाइ राखेको गाँजासहित ट्याक्टर चालक सुनसरीको गढी गाउँपालिका-३ का ३४ वर्षीय सुरेशकुमार मेहतलाई नियन्त्रणमा लिएको हो ।

Sushmita Shah_Abadainik

सोमबार बिहान १० बजे विराटनगर भित्रिएको ट्याक्टर धरानबाट विराटनगर हुँदै रानी पुगेको थियो । दिनभर बजार क्षेत्रमा राखेर साँझमा भारततर्फ लगिएको थियो ।

विराटनगर महानगरपालिका-१७ मा रहेको एकीकृत भन्सार जाँच चौकी क्षेत्रबाट ट्याक्टर नियन्त्रणमा लिइ ट्याक्टर, गाँजा र चालकलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *