पाल्पामा पहिरोले पुरिएर एक जना बेपत्ता

पहिरोमा पुरिएर रम्भा गाउँपालिका–३, पिपलडाँडाका ३१ वर्षीय राजकुमार थापा बेपत्ता भएका छन् । दाउरा खोज्न गएको र नजिकको खोल्सामा पानी पिएर फर्किने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएको राम्दी प्रहरी चौकीले जनाएको छ ।

Sushmita Shah_Abadainik

पहिरो ठूलो भएकाले स्थानीय र प्रहरीको पहलमा बेपत्ता राजकुमारको खोजी कार्य जारी रहेको लसुने–ओमभन्ज्याङ सडक उपभोक्ता समितिका अध्यक्ष हरि बैदवारले बताए ।
पहिरो पन्छाउन अझै केही समय लाग्ने उनले बताए । डोजर प्रयोग गर्न सक्ने अवस्था समेत नरहेकाले ढिलाइ भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *