कपिलवस्तुकी संक्रमित महिलाको बुटवलमा उपचारका क्रममा मृत्यु

भाद्र, १७ तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारार्थ कपिलवस्तु–११ की ६० वर्षीया महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार ‘भदौ ७ गते कोरोना पोजिटिभ भई अस्पताल भर्ना भएकी उनलाई श्वासप्रश्वासको समस्या र ज्वरोसमेत आएकाले आईसीयूमा राखी उपचार गरिरहेको थियो । उनी पहिलेदेखि उच्च रक्तचापकी बिरामी थिइन् ।

यससँगै लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *