आज मात्रै इटहरीमा थपिए ५८ जना, प्रहरी निरीक्षक सहित सुनसरीमा कुल ६७ जना संक्रमित,

भाद्र, १७ विराटनगर – आज एकै दिन इटहरीमा ५८ जना कोरोना संक्रमित थपिएका छन् ।
कोरोना फोकल पर्सन सृजना लिङथेपका अनुसार स्वास्थ्य कार्यालयमा प्राप्त रिपोर्टका अनुसार आज   इनरुवामा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सहित इटहरीमा ५८ जना, धरानमा ७ जना र भोक्राहाका १ जना गरि सुनसरीमा अहिलेसम्म ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो

Sushmita Shah_Abadainik

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार आज थपिनेमा ७ महिला र ६० जना पुरुष रहेका छन् ।यो सँगै सुनसरीमा संक्रमितको संख्या ८ सय ३० पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ४ सय ३० रहेको छ ।
हालसम्म ७ जनाको मृत्यु भएको छ भने ३ सय ८५ जना निको भई घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *