भाद्र १७ गते,विराटनगर ।
नेपाल र बङ्गलादेशबीच वाणिज्य र आर्थिक सम्बन्ध पछिल्लो समय अझ मझबुद बन्दै गईरहेको छ । नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस ९कोभिड–१९० को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार भएको टेलिफोन वार्तामा दुई देश बीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो ।
बिगतका बर्षहरुमा भारत लगायत सार्क मुलुकबाट आउने गरेको युरिया मल यसपटक भने कोरोना सङ्कटका कारण प्रभावित बनेपछि प्रधानमन्त्री ओलीले फोन गरेरै मित्रराष्ट्र बङ्गलादेशलाई तत्काल मल पठाइदिन आग्रह गर्नुभएको हो ।
टेलिफोन वार्तामा हाल नेपालको कृषि बालीका लागि अत्यावश्यक रहेको युरिया मल पठाउन नेपालले गरेको आग्रहलाई वाजेदले सकारात्मक रूपमा लिनुभएको साथै यस विषयमा बङ्गलादेशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको पनि ओलीले बताउनु भयो । पछि फिर्ता गर्ने शर्तका आधारमा बङ्गलादेश ५० हजार टन युरिया मल नेपाल पठाउन सहमत भएको हो । मल ढिला आउँदा नेपालको धान बालीलाई प्रतिकूल असर परिरहेको बेला नेपालका लागि यो ठूलो सहयोग हुनेछ ।
प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा बङ्गलादेशी समकक्षी, त्यहाँको सरकार र बङ्गलादेशका जनतालाई बधाईसमेत दिदै
कोरोना महामारीविरुद्ध बङ्गलादेशले अपनाएको कदमको सराहना गर्दै कठिन घडीमा औषधिसहित मेडिकल सामग्री नेपाललाई सहयोग गरेकोमा कृतज्ञता समेत व्यक्त गर्नुभएको छ। ।
Comments