भाद्र १७ गत,विराटनगर – पाँच दिनसम्म लगातार बढेको सुनको भाउ बुधबार एकै दिन तोलामा एक हजार २०० रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपियाँ तथा तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपियाँमा कारोबार भएको हो ।
मङ्गलबार सुन प्रतितोला ९८ हजार ४०० रुपियाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपियाँमा कारोवार भईरहेको छ ।
Comments