घाँटी काटिएको अवश्थामा झापाको जंगलमा एक पुरुषको शव फेला

भाद्र १७ गते,झापा – झापाको शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा घाँटी काटिएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार शव स्थानीय २८ वर्षीय गोमानसिंह मगरको रहेको छ ।

Sushmita Shah_Abadainik

परिवारका अनुसार मगर वैदेशिक रोजगकारीका लागि बहराइन गएर केही महिनाअघि फर्किएका र मंगलबार एक जना साथीले बोलाएपछि साँझ साढे ६ बजे घरबाट निस्किएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल पनि बरामद गरेको छ । घटनाबारे पत्ता लगाउनका लागि प्रहरीले ट्याकर डग घटनास्थलमा ल्याउनुका साथै १ नं। प्रदेश प्रहरी कार्यालयबाट पनि एउटा टोलीको सहयोगमा शिवसताक्षीमा अनुसन्धान गरिरहेको छ ।

मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।हालसम्म पोष्टमार्टम रिपोर्ट आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *