भाद्र १८ गते विराटनगर – पूर्वनिर्धारित बैठकले भाद्र १८ गते बिहान ११ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि सारिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकको केही तयारी गर्नुपर्ने भएर बैठक दिउँसोका लागि सारिएको हो ।
आज बस्ने भनिएको बैठक गत शनिबार भदौ १३ गतेका लागि नैनिर्धारण गरिएको थियो तर सचिवालयका नेताहरूको सहयोगीलाई कोरोना सङ्क्रमण देखिएपछि नेताहरू होम आइसोलेसनमा बस्नुपरेपछि १८ गतेका लागि बैठक सारिएको थियो ।
आजको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने बताइएको छ । यसअघि अध्यक्ष द्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ बुधबार साँझ बालुवाटारमा छलफल भएको थियो ।
Comments