पैसाकै विवादका कारण रौतहटका पुजारीको हत्या भएको खुलसा

भदौ ३ गते रौतहट माधवनारायण नगरपालिका-२ खेसरहियाका ६२ वर्षीय पुजारी श्रीराम साहको आर्थिक लेनदेनका कारण हत्या भएको खुलेको छ।

केही दिनअघि पुजारी साहको कञ्चटमा गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेका देवाही गोनाही नगरपालिका-१ करुनियाका रामनरेश पटेल र बालकुमार पटेलको पक्राउ सुचना गोप्य राखि अनुसन्धान गर्दा उनीहरुका बयानका आधारमा प्रहरी यो निष्कर्षमा पुगेको हो।

पक्राउ परेका रामनरेश पटेलको बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने बहानामा रामनरेशले कटुवा पेस्तोलबाट गोली हानी पुजारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।

तर, के कति रुपैयाँ ब्याजमा लिइएको भन्ने बारे प्रष्ट नभएको र यसमा अन्य फरार अभियुक्तहरू पक्राउ पर्न बाँकी नै रहेको पनि सिंहले बताएका छन् ।

Sushmita Shah_Abadainik

अनुसन्धान अनुसार घटना भएको दिन रामनरेशले गोली हानेको र बालकुमारले घटनानजिक रहेर मानिसको आवतजावतलाई निगरानी गरेको खुलेको छ।

घटना भएको पुजारीको मन्दिरनजिक तीन वटा मदिरा पसल छन्। मदिरा सेवनपछि पटेलले पुजारीको धारामा आएर खुट्टा धुने, पानी खाने र घटनाभन्दा तीन दिनअघि रामनरेश र पुजारीबीच विवाद भएको अनुसन्धानमा खुलेको छ।
यही विवादका क्रममा राति सवा ९ बजे रामनरेशले कटुवा पेस्तोल कञ्चटमा सटाएर गोली चलाएको प्रहरी अनुसन्धान छ।

यसबाहेक गाउँमा विभिन्न विषयमा छलफल हुँदा पुजारीले फरक मत राख्ने गरेको र राम नरेशलगायतसँग पटक-पटक विवाद भएको देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
सो घटनामा संलग्न अन्य केही फरार रहेको र पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत गौरबाट १० दिनको लागि हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको सिंहले बताए।
दुवैले घटनामा संलग्नता स्वीकार गरेपछि पुजारी हत्याको अनुसन्धान सहज बनेको सिंहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *