भारतमा एकै दिन ८३ हजार २९ जना नयाँ संक्रमित थपिए

भारतमा एकै दिन ८३ हजार २९ जना नयाँ संक्रमित पुष्टि भएर संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको हो।

Sushmita Shah_Abadainik
टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार भारतमा तेश्रो पटक एकै दिन धेरै संख्यामा संक्रमित पुष्टि भएका हुन्। यी सबै नयाँ तथ्याकं पछिल्ला चार दिनमा कायम भएको हो।

यो संख्याले भारतमा कोरोनाको संक्रमण अझै तीब्र गतिमा फैलिरहेको छ भन्ने तर्फ ईंगित गरेको छ।भारतमा भेटिएको यो संख्या महामारी सुरू भएयता विश्वका कुनै पनि मुलुकमा भेटिएको उच्च संख्या हो। भारत अघि अमेरिकामा पहिलोपटक विश्वमा नै धेरै संक्रमित फेला परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *