बुटवलमा उपचारका क्रममा प्युठानका एक पुरुषको ज्यान गयो ।

भाद्र १८ गते बुटवल  – बुटवलमा उपचारका क्रममा रहेका प्युठानका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं। ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो ।
Sushmita Shah_Abadainik

भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका ती पुरुष कलेजो र फोक्सोमा निमोनियाको समस्याको कारण भेन्टिलेटरमा उपचार गराईरहेका थिए ।

उनको गएराति ९ बजेतिर मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । उनको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *