भाद्र १८ गते, विराटनगर – समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि मोरङको रतुवामाई नगरपालिकाले भाद्र २२ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ ।
मंगलबार नगरपालिकाको २ र ४ नम्बर वडामा कार्यरत दुई जना प्रहरीमा कोरोना देखिएपछि बुधबार बसेको नगरपालिका स्तरीय कोरोना भाईरस रोकथाम नियन्त्रण प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको बैठकले सिमा क्षेत्रमा पनि थप कडाई गर्ने निर्णय गरेको छ ।
बैठकले झुर्किया बजार, आमबारी चौक र पैयामारी चौकबाट २०० मिटरसम्म पुर्ण रुपमा शिल गरी अन्य क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।बैठकले बिमा समिति मार्फत ५० प्रतिशत छुटमा हुने कोरोना बिमाको सिफारिस सम्बन्धित वडा कार्यालयबाट नि शुल्क प्रदान गर्ने निर्णय पनि गरेको छ ।
शिल गरिएको क्षेत्रका व्यापारी र संकास्पद व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखी स्वाब संकलन गर्ने तयारी पनि नगरपालिकाले गरिरहेको छ ।
Comments