भाद्र १९ गते, धादिङ – धादिङमा एक युवकले आफ्नै टोलका अर्का ६५ वर्षीय पुरूषको हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार २६ वर्षीय राजु परियारले बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेका हुन
हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालय पुगेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार परियारले सामान्य विवादमै आवेग आएर गुरुङ्गको हत्या गरेका हुन्।
बाँकी शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको पनि उनले बताए।
Comments