ललितपुर महानगरपालिका भित्र कर्फ्यू जारी ।

भाद्र १९ गते,ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

Sushmita Shah_Abadainik

ललितपुर प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो।

बिहिबार रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न स्थानीयहरू सयौंको संख्यामा निस्केपछि झडप भएको र स्थिति काबुबाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो ।
कर्फ्यू बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कायम हुनेछ ।

कर्फ्यूको अवधि भरि भेला, जम्मा, जुलुशलगायत गतिविधि गर्न पाईने छैन तर प्रेस, कूटनीतिक नियोग, सरकारी सवारीहरूलाई भने आवागमनमा बाधा पर्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *