जथाभावी पैसा फल्ने २ महिला पक्राउ रिपोर्ट पोजेटिभ

जनकपुर । लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ । पक्राउ पेरेका दुवैजनालाई आरडीटी परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ ।
प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जामुन प्रसाद सिंहले अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको पुष्टि गरे ।
शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार पक्राउ गरेको हो ।
जानकी मन्दिर नजिकैबाट शनिबार ती दुवैजना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *