बिराटनगर:
कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । शिशु महिना नपुग्दै जन्मिएको र आमा कोरोना संक्रमित भएर मृत्यु भएकाले विषेश निगरानी गरिएको छ ।
शिशुमा जण्डिस देखिएको अस्पतालले जानकारी दिएको छ । बालरोग विषेशज्ञको निगरानीमा शिशुलाई अस्पतालमा राखिएको हो । शनिबार मृत्यु भएकी महिलाले गत वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा गर्भवती भएको सातौं महिनामा बच्चालाई जन्म दिएकी थिइन् ।
मृतक महिलालाई कोरोना पुष्टि भइसकेपछि उनको उपचारमा संलग्न १० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखिएको छ ।
Comments