कोरोना बिमाको भुक्तानी दाबी गर्न निजी ल्याबको रिपोर्ट अमान्य ।

कोरोना भाइरस (कोभिड -१९) को संक्रमण बढेसंगै यसको जोखिमबाट बच्न धेरै नेपालीले कोरोना बिमा गरेका छन् । तर, बिमा समितिले हालै बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा भुक्तानी रकम दाबी गर्न नसक्ने भएका छन् ।

बिमा समितिले कोरोना बिमाको नयाँ मापदण्डमा बिमितले भुक्तानी लिन स्वास्थ्य मन्त्रालयले ताकेकै ल्याबको परीक्षण रिपोर्ट चाहिने उललेख गरेको छ । यो मापदण्ड अनुसार निजी ल्याबमा परीक्षण गरेर पोजेटिभ आएकाहरुले बिमा दावी भुक्तानी पाउने छैनन् ।
Sushmita Shah_Abadainik

समितिले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
सरकारीमा चाप बढेपछि पछिल्लो समय अधिकांशले निजी ल्याबमै परीक्षण गराइरहेका छन् र स्वास्थ्य मन्त्रालयले पनि सबै ल्याबमा गरिएको परीक्षण रिपोर्टअनुसार नै हरेक दिन संक्रमितको अपडेट गराउँदै आएका छन् ।

बिमा समितिको यक्त मापदण्ड विरुद्ध चौतर्फी आलोचना भईरहेको छ तर, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निजी ल्याबको रिपोर्ट ‘फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय लिइएको बताएका छन् । यसका विषयमा आगामी आइतबार वा सोमबार थप छलफल हुने उनले बताएका छन् ।

अहिलेसम्म १२ लाखभन्दा धेरैले कोभिड बिमा गराइसकेका छन् । जसमा ६ सय जनाको मात्रै दावी भुक्तानी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *