शुक्रबार मात्रै नेपालमा थपिए १३५९ कोरोना संक्रमित,१४ जनाको मृत्यु ।

भाद्र १९ गते,विराटनगर –

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ४ सय ६४ जना महिला र ८ सय ९५ जना पुरुष रहेका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
Sushmita Shah_Abadainik

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार सय तीन सय ५४ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २५ हजार ५ सय ६१ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *