भाद्र २१ गते,काठमाडौं – काठमाडौं चन्द्रागिरी – ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपो नजिक मोडमा अति प्रज्वलनशील पदार्थ डिजेल बोकेको ना ७ ख ७३९ नम्बर ट्याङ्कर दुर्घटना भएको छ ।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाका अनुसार रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याएको ट्याङ्कर बाटो काट्ने पैदलयात्रीलाई बचाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।।ट्याङ्करले २० केएल ९२० हजार लिटर० डिजेल रक्सोल डिपोबाट थानकोट डिपोमा ल्याउँदै थियो । ‘
ट्याङ्करका चालक सुरेश बिक भने सकुशल रहेको चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।
Comments