गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा पनि कोरोना सङ्क्रमण पुष्टि ।

भाद्र २१ गते,गोरखा –  गोरखा अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएकी वृद्धामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल गोरखाले दिएको जानकारी अनुसार गोरखा नगरपालिका -७, धारापानी निवासी वृद्धा एक्कासि बेहोस भएपछि उहाँलाई शनिबार दिउँसो १२ः२० बजे गोरखा अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको र उपचारका क्रममा उनको शनिबार दिउँसो ४ः३० बजे निधन भएकी ७५ वर्षीय वृद्धाको पीसीआर रिपोर्ट कोभिड पोजिटिभ आएको हो ।

Sushmita Shah_Abadainik

उहाँको परिवारका तीन जना सदस्यहरूको शुक्रबार कोरोना रिपोर्ट पोजिटिभ भएको सार्वजानिक भएको थियो । सोही अनुरुप उहाँको पनि शनिबार नै स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । आइतबार रिपोर्ट पोजिटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन नवीन थापाले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

उहाँको उपचारमा संग्लन चिकित्सक एवम् अन्य स्वास्थ्यकर्मीको पनि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । उहाँहरूको भने रिपोर्ट नआएकाले क्वारेन्टिनमा राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *