झापाकी महिलाको धरानको कोभिड अस्पतालमा मृत्यु ।

भाद्र २१ गते,सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार कोरोना संक्रमित झापाकी एक महिलाको मृत्यु भएको छ ।
Sushmita Shah_Abadainik

प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार मृत्यु हुनेमा झापाको कन्काई ३ बस्ने ४५ वर्षीया महिला रएकी छिन् । । उनलाई मधुमेहको र दीर्घ रोग रहेकी उनी निमोनिया, कमजोरी र कब्जियतको समस्याका साथै ज्वरो र स्वास्प्रश्वासमा कठिनाइ भएपछि मेची अस्प्तालमा भर्ना भएकी थिइन् ।

अवश्था अझ गम्भीर बन्दै गएपछि उनलाई भदौ १८ गते प्रतिष्ठानमा रिफर गरिएको थियो ।सिकिस्त अवस्था भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको प्रवक्ता सापकोटाले बताए ।
त्यहाँ ल्याउनासाथ उनको स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । स्वास्थ्य प्रोटोकल अनुसार मृतक महिलाको शव व्यवस्थापन गर्ने काम भइरहेको प्रतिष्ठानले जनाएको छ ।

योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *