भाद्र २१ गते,विराटनगर – पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं १ मा २४३ सहित थप ९ सय ८०जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा २ सय ९० जना महिला र ६ सय ९० जना पुरुष रहेका छन् ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ८सय त १४ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २८ हजार ९ सय ४१ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप जनाको कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।
Comments