कोशी अस्पतालमा उपचाररत एक वृद्धको मृत्यु ।

भाद्र २२ गते,विराटनगर –  विराटनगरस्थित कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्रमा एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

अस्पताल संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार मृत्यु हुनेमा विराटनगर वडा नं-१० निवासी एक ७६ वर्षीय वृद्ध रहेका छन् ।

उनको भाद्र १० गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । वृद्धलाई श्वास-प्रश्वासमा समस्या आएपछि २० गते कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उनको आइसोलेसनमा उपचारकै क्रममा सोमबार बिहान साडे ३ बजे मृत्यु भएको हो ।मृतक उच्च रक्तचापको बिरामी समेत रहेका थिए ।

यो सँगै विराटनगरमा मात्र अहिलेसम्म कोरोना संक्रमणका कारणले मृत्यु हुनेको सख्या १८ पुगेको छ । मोरङ जिल्लाभित्र मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

मृतक शव व्यवस्थापन नेपाली सेनाको सुर्यदल गणले गर्ने व्यवस्था भइरहेको संयोजक बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *