भाद्र २२ गते,विराटनगर – सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक यहि भदौ २६ गते बोलाउने सहमतिमा स्थगित भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार बिहान बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो । दुई अध्यक्षबीच आइतबार हुने भनिएको भेट आज सोमबार भएको हो ।
असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक – पटक स्थगित हुँदै आएको छ।
Comments