काठमाडौंका सैलुन सञ्चालक मृत अवश्थामा फेला ।

भाद्र २२ गते,  – काठमाडौं बिगत एक दशकदेखि काठमाडौंको बुद्धनगरमा सैलुन चलाउँदै आएका सैलुनका सञ्चालक मृत भेटिएका छन् । बाराको निजगढ स्थायी घर भएका न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन् ।

Sushmita Shah_Abadainik

आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि हेर्दा मुखमा रगत देखिएको अवस्थामा उनको शव भेटिएको छ ।

प्रहरीका अनुसार हालसम्म कुनै शंकास्पद अवस्था देखिएको छैन । उनको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *