बिराटनगर:
भारतले नेपाललाई ३० हजार पीसीआर टेस्ट किट उपलब्ध गराएको छ । भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आज पीसीआर किट हस्तान्तरण गरेका हुन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि सहज होस भनेर सो सहयोग उपलब्ध गराइएको भारतले जनाएको छ । भारतले पुनाको माइल्याबले उत्पादन गरेको टेस्ट कीटहरु नेपाललाई उपलब्ध गराएको हो ।
यसअघि भारतले सरकारलाई २३ टन औषधि सहयोग गरेको थियो । कोरोना संक्रमण महामारीले निम्त्याएको साझा चुनौती बिरुद्ध लडन नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत भारतले गरेको छ ।
Comments